- ऐश्वर्या दाहाल
मेची देखी माहाकालीसम्म फैलिएको मेरो देश
फरक कला फरक संस्कृति अनि फरक परिभेश।
फरक छ जाति फरक छ धर्म आनी फरक छ परम्परा
सबै जाती मिली बनेको देश मेरो कति हराभरा ।
पौरानिक कला संस्कृतिले भरिएको हाम्रो गाथा
विश्वलाई चिनाउने हाम्रौ देशमा छ सगरमाथा ।
हिमाल पहाड, तराइ मिली बनेको हाम्रो देश
सबै मिली जोगाउ हाम्रो भाषा अनि भेष।
जन्मे यहाँ अरनिको, जन्मे यही भ्रिकुटी
फैलाए विश्व भरि नेपालको कला अनि संस्कृति ।
भए ति सब विश्वका तारा
चम्काए हाम्रा कृति अनि कला सारा।
सतरङगी डाफे र मयूर हिमालमा नाचे झैं
कोहीलीले कुहुकुहु गरेर मिठो स्वरले गीत गाएझैं ।
यति राम्रो हाम्रो देश, इज्यत हामीले राखौ है।
झैं झगडा र भक्तचारलाई सबैले निर्मूल पारो है।
थरी थरी धर्म छन् याहाँ सबैले सम्मान गरौं
हातमा हात मिलाई अगाडि बढ्ने प्रयास गरौं ।
रही रहोस हाम्रो नेपालको शिर उच्च विर
गोरखालीको मन झैं