– सत्यभामा नेपाल
मेरो घरको अगाडि कति सुन्दर फूलबारी
भमरा र पुतली भूल्छन् दिनै भरि
फूल थरिथरि बास्ना वरिपरि
आहा कति राम्रो हाम्रो फूलबारी ।।
मेरी आमा भन्नुहुन्छ फूल राम्रो हुन्छ
फूलबारी सजाउन भने जान्नुपर्छ
बारी खनी डल्ला फोरी मल हाल्नुपर्छ
बिऊ छरि बेर्ना ल्याई सारिदिनु पर्छ।।
बारबेर गर्नुपर्छ पानी दिनुपर्छ
गोडमेल गरिकन सजाउनु पर्छ
बोट उम्री ठूलो हुन्छ कोपिलाउँछ
सुन्दर फूलले हाम्रो बारी सजाउँछ ।।
फूलबारीलाई देखेपछि लोभिन्छ मन
फूल त्यसै टिप्नु हुन सबैलाई भन्न
फूलबारी सा“च्चै राम्रो कति सुन्दर ठाउँ
लाग्छ मलाई सधैँ भरी त्यहीँ जाऊँ जाउँ ।।
कक्षा ८ कि छात्रा सत्यभामा स्कूलकी उपकप्तान पनि हुन् । उनको रुची पढाइ, लेखाइका साथै साहित्य, नृत्य र संगीतमा पनि छ। भविश्यमा उनी सिभिल इन्जिनियर बन्न चाहन्छिन् ।